२५ जेठ २०८३, सोमबार

फिलिपिन्समा ८५ जना सवार सैन्य विमान दुर्घटनाग्रस्त, १५ जनाको उद्धार

असार २०, २०७८
फिलिपिन्समा ८५ जना सवार सैन्य विमान दुर्घटनाग्रस्त, १५ जनाको उद्धार

फिलिपिन्सको दक्षिणी भागमा कम्तीमा ८५ जना चढेको एक सैन्य विमान दुर्घटनाग्रस्त भएको त्यहाँका वायुसेना प्रमुखले जानकारी दिएका छन् । 

सी–१३० विमानको जलिरहेको अवशेषबाट अहिलेसम्म १५ जनाको उद्धार गरिएको छ । सुलु प्रान्तको जोलो टापुमा अवतरण गर्न खोज्दा विमान दुर्घटनाग्रस्त भएको जनरल सिरिलितो सोबेजानाले एएफपी समाचार संस्थालाई बताए । 
‘उद्धारकहरू घटनास्थलमा पुगेका छन् । थप ज्यान जोगाउन सकिन्छ कि भनी हामी ईश्वरसँग प्रार्थना गरिरहेका छौं,’ सोबेजानाले बताए । 

विमानका अधिकांश यात्रुहरूले हालै मात्र आधारभूत सैन्य तालिम लिएका थिए र उनीहरूलाई उक्त टापुमा आतंकवादीहरूविरुद्ध लड्न खटाइएको थियो । 

दक्षिणी फिलिपिन्समा अबु सय्यफ लगायतका लडाकू समूहहरू सक्रिय रहेका सेनाको भारी उपस्थिति छ । 
 

salt training

कमेन्ट गर्नुहोस्