२९ जेठ २०८३, शुक्रबार

एन.एस. क्वालिटी अवार्ड–२०१९ बाट सम्मानित शिवम् सिमेन्ट अब ५३ ग्रेड तथा ४३ ग्रेडमा उपलव्ध

एन.एस. क्वालिटी अवार्ड–२०१९ बाट सम्मानित शिवम् सिमेन्ट अब ५३ ग्रेड तथा ४३ ग्रेडमा उपलव्ध

नेपालमै पहिलो पटक नेपाल गुणस्तर तथा नापतौल विभागबाट एन.एस.–५७२ द्वारा प्रमाणित शिवम् सिमेन्टले एन.एस.–५७२ अन्र्तगत ५३ ग्रेड सिमेन्टको पनि इजाजत प्राप्त गरी उत्पादन शुरू गरेको छ ।

शिवम् यस अघि ४३ ग्रेड ओ.पि.सी. सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी हुन सफल भएको थियो ।

५३ ग्रेडको सिमेन्ट उत्पादनको अनुमती संगै शिवम् सर्वोत्कृष्ट ओ.पि.सी. सिमेन्ट उत्पादन साथै विक्रि वितरण गर्ने तथा एन.एस. क्वालिटी अर्वाड–२०१९ बाट पुरस्कृत नेपालकै पहिलो सिमेन्ट कम्पनी बन्न सफल भएको छ ।

ओ.पि.सि. सिमेन्ट मात्रै उत्पादन गर्दै आईरहेको शिवम् सिमेन्टले निरन्तर गुणस्तरीय उत्पादनकै कारण सिमेन्ट जगतमै पहिलो पटक एन.एस. क्वालिटी अर्वाड–२०१९ बाट सम्मानित भएको थियो ।

शिवमले गुणस्तरीय उत्पादनकै प्रतिफल स्वरुप फेरी एन.एस.–५७२ को अनुमति तथा मान्यता प्राप्त गरी ५३ ग्रेड तथा ४३ ग्रेडको सिमेन्ट उत्पादन अनुमती संगै आफ्नो निरन्तरको गुणस्तरीय उत्पादनलाई प्रमाणित गरेको छ ।

यो भन्दा पहिला नेपाल गुणस्तर तथा नापतौल विभागले एन.एस–४९ प्रमाणीकरण गर्दै आईरहेको थियो जस अन्तर्गत उत्पादित सिमेन्टहरु कुनै पनि ग्रेड उल्लेख नगरी बजारमा उपलव्ध थिए ।

नेपालमा एन.एस. ४९ को मापदण्ड अनुरुप उत्पादन तथा बिक्री वितरणको मान्यता दिदै आएको गुणस्तर तथा नापतौल विभागले सिमेन्टको उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले एन.एस.–५७२ को अवधारणा सहित ग्रेडिङ सिस्टमबाट सिमेन्टको गुणस्तर मापन कार्य अगाडि बढाएको हो ।

अब कुनै पनि सिमेन्ट कम्पनीले ५३ ग्रेड अथवा ४३ ग्रेडको सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्न एन.एस.–५७२ प्रमाणिकरण गर्नु  अनिवार्य छ । जसका लागि नेपाल गुणस्तर तथा नापतैल विभागले विभिन्न तह–तहमा चुनढुङ्गा, कच्चापदार्थहरु, उत्पादन प्रक्रिया, उत्पादित ल्किङ्कर र सिमेन्टको लामो समयसम्म परिक्षण गरी एन.एस.–५७२ बमोजिमको गुणस्तर कायम भएको ल्याव परिक्षण समेतका आधारमा गुणस्तरको चेक गरी प्रमाणीकरण गर्ने प्रक्रिया रहेको छ ।

नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा  आईएसआई,युआरएस प्रमाणित आईएसओ सर्टिफिकेट प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदै आएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्