
कतार संकटको पछाडि रुसको हात भएको समाचारहरु सार्वजनिक भएका छन् ।
अमेरिकी जाँचकर्ताहरुका अनुसार रुसी ह्याकरले गलत समाचार चलाएर कतारसँग छिमेकी देशरुको सम्बन्ध विगारिदियो ।
अमेरिकी जासूसी संस्था एफबीआइले अनुसन्धान गरिरहेको छ जसका लागि कतार सरकारको मद्दतका लागि एक टोली दोहा पठाएको छ ।
कतार र अमेरिकी अधिकारीका अनुसार ह्याकरले कतारको समाचार एजेन्सिमा प्रवेश गरेको र ‘फेक न्यूज’ चलाएको थियो । जसको आधारमा खाडी देशले कतारसँग सम्बन्ध तोडेका थिए । सीएनएनको एक रिपोर्ट अनुसार यस ह्याकिङमा रुसको हात रहेको छ ।
वास्तवमा खाडी क्षेत्रमा कतार अमेरिकाको सवैभन्दा ठूलो सैन्य अड्डा रहेको छ । जसका कारण रुसले यस्तो कदम चालेको हो ।
यसका अलावा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो विदेश भ्रमणका क्रममा साउदीले इरानको आलोचना गरेको छ । पाँच जूनमा साउदी अरब, बहराइन, इजिप्ट तथा संयुक्त अरव इमिरेटसहित सात देशले कतारसँग राजनीतिक सम्बन्ध तोडेका थिए ।
यी देशले कतारसँग राजनीतिक सम्बन्धका साथ जमिन, समुद्र तथा हवाई सम्पर्कपनि विच्छेदको घोषणा गरेका छन् ।
आतंकवादी तथा चरमपन्थी संगठनको समर्थन गरेको आरोप कतारमाथि लगाइएको छ ।
२३ मे मा कतार न्यूज एजेन्सीमा एक समाचार प्रकाशित भएको थियो । जसमा कतारको भनाइ भन्दै खाडी क्षेत्रमा इरान क्षेत्रीय तथा इस्लामिक शक्ति भएको बताइएको थियो । यसलाई सामान्य रुपमा लिन सकिँदैन ।
तर कतारले यो समाचार झुठो भएको र ह्याकिङको मार्फत सार्वजनिक भएको बताएको छ । कतारका विदेश मन्त्री शेख मोहम्द बिन अब्दुल रहमान अल थानीले एफबीआइले पनि ह्याकिङ र झुटो समाचारको पुष्टि गरेको छ ।