३१ जेठ २०८३, आइतबार

मोन्टेनेग्रोले एक अर्ब डलर ऋण तिर्न नसकेपछि चीनलाई जमीन दिनुपर्ने बाध्यता

असार २०, २०७८
मोन्टेनेग्रोले एक अर्ब डलर ऋण तिर्न नसकेपछि चीनलाई जमीन दिनुपर्ने बाध्यता

युरोपेली मुलुक मोन्टेनेग्रोको मोराका नदीमाथिका विशाल पिल्लरहरूमा बनेको एउटा राजमार्ग अधुरो रहेको छ । 

उक्त राजमार्ग चाइना रोड यान्ड ब्रिज कर्पोरेसन नामक चिनियाँ सरकारी कम्पनीले चिनियाँ कामदारहरूका साथ बनाइरहेको छ । सर्बियाको राजधानी बेलग्रेडसम्मको २७० माइल लामो उक्त राजमार्गको पहिलो खण्डको निर्माण कार्य नै सकिएको छैन । 

चीनको सरकारी बैंकबाट लिइएको एक अर्ब डलरको ऋणको पहिलो किस्ता यसै महिनाभित्र तिरिसक्नुपर्नेछ । तर त्यसको ब्याज बढेर देशकै कुल गार्हस्थ्य उत्पादनको दोब्बर बनिसकेकाले मोन्टेनेग्रोले त्यो तिर्न सक्ने अवस्था छैन । 

ऋण सम्झौताका अनुसार, मोन्टेनेग्रोले समयमै ऋण तिर्न नसकेमा बेइजिङले उक्त देशको जमीनमा कब्जा गर्न पाउँछ । सेना वा कूटनीतिक प्रयोजनका लागि जमीन उपयोग गरिएको छैन भने चीनले कब्जा गर्न पाउँछ । 

अझ त्यसमाथि देशको अघिल्लो सरकारले सम्झौताका विषयमा कुनै विवाद भएमा चिनियाँ अदालतले छिनोफानो गर्न सक्ने कुरालाई स्वीकृति दिएको थियो । 
 

एड्रियाटिक समुद्रमा रहेको मोन्टेनेग्रोको पोर्ट अफ बारलाई भूपरिवेष्ठित बेलग्रेडसँग जोड्ने यो राजमार्ग निर्माणले युरोपमा चीनको प्रभावका विषयमा गहन बहस जन्माएको छ । 

salt training

कमेन्ट गर्नुहोस्