२९ जेठ २०८३, शुक्रबार

जापानमा हिले पहिरो आएपछि कम्तीमा २ जनाको मृत्यु, २० जना बेपत्ता (भिडियो)

असार २०, २०७८
जापानमा हिले पहिरो आएपछि कम्तीमा २ जनाको मृत्यु, २० जना बेपत्ता (भिडियो)

जापानको इजुसान जिल्लामा हिले पहिरो जाँदा पुरिएर दुईजनाको ज्यान गएको छ भने कम्तीमा २० जना हराइरहेका छन् । 

विगत केही दिनदेखि अविरल वर्षा भइरहँदा शनिवार बिहान हिले पहिरो गएको हो । 
 

इजुसानको एउटा डाँडामा बेस्सरी भूक्षय भएर हिलो आएपछि दर्जनौं घर त्यसमा पुरिएका थिए । 

घटनाको स्तब्ध बनाउने भिडियो फूटेजमा हिलो फैलिएर सबैतिर ढाकेको र मानिसहरू ज्यान जोगाउन भागेको देखिन्छ । 

दुईजनालाई मुटु र श्वासप्रश्वास रोकिएर मरेको अवस्थामा पाइएको क्षेत्रीय गभर्नरले बताए । 

पहिरोमा परी २० जना अझै पनि हराइरहेको र सैनिक तथा उद्धारकहरूले उद्धारकार्य द्रुत गतिमा अघि बढाइरहेको जानकारी पनि उनले दिए । 

salt training

कमेन्ट गर्नुहोस्