२८ जेठ २०८३, बिहीबार

सँगै देखिए आमिर र किरण, सम्बन्धविच्छेदबारे यसो भन्छन् [भिडियाेसहित]

सँगै देखिए आमिर र किरण, सम्बन्धविच्छेदबारे यसो भन्छन् [भिडियाेसहित]

बलिउड सुपरस्टार आमिर खान र उनकी पत्नी किरण रावले शनिबार संयुक्त वक्तव्य जारी गरेर आफूहरू अलग भएको बताए । यो खबरले दिनभरजसो सामाजिक सञ्जालमा चर्चा पायो, त्यो चर्चा अझै सकिएको छैन । 

उनीहरू अलग हुने कुराले आमिरका समर्थकहरू खुशी देखिएका छैनन् । यद्यपि यसको कारणबारे आमिरले नै बोलुन् भन्ने समर्थकले चाहेका थिए । 

अहिले यस्तै भएको छ । आमिरले किरणका साथमा आफ्ना समर्थकहरूसँग सम्बन्धविच्छेदबारे बताएका छन् । 

सेलिब्रिटी फोटोग्राफर मानव मंगलानीले आफ्नो सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरेका छन्, जसमा आमिर र किरण एकअर्काको हात समातेर आफूहरू एक परिवार भएको बताएका छन् । 

४० सेकेन्डको भिडियोमा आमिरले भनेका छन्– हाम्रो सम्बन्ध बदलिएको छ तर, हामी सधैँ साथमा छौं। 

भिडियोमा आमिर र किरण खुशी देखिएका छन् । 

आमिरले भने, ‘मलाई थाहा छ तपाईंहरूलाई यो सुनेर दुःख लागेको होला । नराम्रो लागेको होला । तपाईं आश्चर्यमा पनि पर्नु भयो होला । हामी एकदमै खुशी छौं र एउटै परिवार हो । हाम्रो सम्बन्धमा परिवर्तन आएको छ, तर हामी एकअर्काका साथी हौं । पानी फाउन्डेसन हाम्रो छोरा आजाद जस्तै हो । हाम्रो लागि तपाईंहरू प्राथना गर्नुस् कि हामी खुशी रहौं ।’

salt training

कमेन्ट गर्नुहोस्