३१ असार २०८३, बुधबार

कांग्रेसबाट तीन मन्त्रीको टुंगो, यस्तो छ मन्त्रायल बाँडफाँड

कात्तिक २०, २०७४
कांग्रेसबाट तीन मन्त्रीको टुंगो, यस्तो छ मन्त्रायल बाँडफाँड

काठमाडौं, २४ जेठ– नेपाली कांग्रेसले मन्त्रिपरिषद्मा पठाउने तीन मन्त्रीको नाम टुंगो लगाएको छ । विहानदेखि बसेको कांग्रेस बैठकले उपप्रधानमन्त्रीसहित अन्य दुई मन्त्रालय र मन्त्रीको टुंगो लगाएको हो ।

नेपाली कांग्रेसबाट उपप्रधान एवं रक्षा मन्त्रीमा गोपालमान श्रेष्ठ जाने भएका छन् । त्यस्तै अर्थमन्त्रीमा महेश आचार्य र ज्ञानेन्द्रबहादुर कार्कीले भौतिक योजना तथा निर्माण मन्त्रालय सम्हाल्ने निर्णय बुढानिलकण्ठमा बसेकाे बैठकले गरेको छ । यद्पी पाैडेल पक्षले भने अाफूहरूसँग मन्त्री पठाउने विषयमा सभापति देउवाले छलफल नगरेको भन्दै असन्तुष्टि व्यक्त गरको छ । आचार्य पाैडेल निकट मानिन्छन् । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार संसदबाट नेपालको ४० औं प्रधानमन्त्री निर्वाचित भएका भएसँगै आफू नेतृत्वको मन्नित्रमण्डल बनाउन जुटेका छन् । देउवाको आज पौने २ बजे शितल निवासमा शपथको कार्यक्रम राखिएको छ । देउवाको शपथसँगै आजै सानो आकारको मन्त्रिमण्डल विस्तार गरिन लागिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्