२९ जेठ २०८३, शुक्रबार

ओखलढुंगामा ३० हजार घुससहित पुनर्निर्माण प्राधिकरणका सब–इन्जिनियर पक्राउ

ओखलढुंगामा ३० हजार घुससहित पुनर्निर्माण प्राधिकरणका सब–इन्जिनियर पक्राउ

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सब–इन्जिनियर घुससहित पक्राउ परेका छन् । 

प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई ओखलढुंगामा कार्यरत सब–इन्जिनियर राजन पासवान ३० हजार घुस रकमसहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जारी गरेको विज्ञप्तिअनुसार पासवानले भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएबापत् सेवाग्राहीसँग घुस रकम मागेका थिए ।

आयोगसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको टोलीले उनलाई सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको विज्ञप्तिमा जनाइएको छ । 

आयोगका अनुसार उनलाई असार १५ गते नियन्त्रणमा लिइएको हो । १६ गते आयोगमा बुझाइएको र यस विषयमा थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्