
यसै साता चीन सरकारसँग खरिद गरेको कोरोनाविरुद्धको खोप लिन नेपाल वायुसेवा निगमको विमान बेइजिङ जाने भएको छ । सरकारले चीनको सिनोफार्म कम्पनीसँग खरिद गरेको खोप ल्याउनको लागि निगमले एयरबस–३३० विमान चीन पठाउन लागेको हो । निगमले ३ चरणमा खोप ल्याउने प्रस्ताव गरेको छ ।
यसको लागि निगमको पहिलो कार्गो उडान काठमाडौं–बेइजिङ असार यसै साताको बिहीबार (२४ असार)मा चीन प्रस्थान गर्ने उडान तालिका रहेको निगमले जनाएको छ ।
सो विमान २५ गते शुक्रबार खोप लिएर काठमाडौं अवतरण गर्नेछ । दोश्रो कार्गो उडान भने ३१ गते असार काठमाडौं–बेइजिङको लागि उडान भर्ने छ भने साउन १ मा विमान बेइजिङबाट काठमाडौंको लागि उडान भर्ने कार्यतालिका रहेको निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले बताइन् । कारोबार दैनिकमा खबर छ ।