०९ असार २०८३, मंगलबार

भक्तपुरमा  पहिचान नखुलेको पुरुषको शव फेला

भक्तपुरमा  पहिचान नखुलेको पुरुषको शव फेला

भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरु चमेली वनमा एक जना पुरुषको शव फेला परेको छ । 

करिब ४०÷४२ बर्षको देखिने हरियो ज्याकेट, सुन्तला रङ्गको हाफ प्यान्ट लगाएको पहिचान नखुलेको पुरुषको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दिपक गिरीले जनाकारी दिए । 

महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट प्रहरी निरीक्षक पञ्चलाल गोलेको कमाण्डमा अनुसन्धान अधिकृत सहितको टोली घटनास्थलमा पुगी हेर्दा हरियो ज्याकेट, सुन्तला रंगको हापप्यान्ट र कालो जुत्ता लगाएको, बायाँ हातमा मेडिकलको ब्यान्डेज बाँधेको, घाँटीमा टेलिफोनको लाईन जोड्न प्रयोग हुने खालको तार बाँधेको र उक्त तार चिलाउनेको हाँगोमा बाँधेको अवस्थामा रहेको साथै हागो भाँच्चिएर भुईमा झरेको फेला पारेको प्रहरीले जनाएको छ ।

लाश सडेको हुनाले एक हप्ताअघि मृत्यु भएको हुनसक्ने प्रहरी अनुमान गरेका छ भने शवलाई पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोट पठाएको भक्तपुर प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्