२३ जेठ २०८३, शनिबार

उत्तर कोरियाले शत्रुको विमान ध्वस्त पार्ने फाइटर जेट बनायो, किम भए गदगद

कात्तिक २०, २०७४
उत्तर कोरियाले शत्रुको विमान ध्वस्त पार्ने फाइटर जेट बनायो, किम भए गदगद

काठमाडौं, २४ जेठ — आफ्ना सैन्य लडाकु जेटविमानहरूले शत्रुका विमान ध्वस्त गर्ने अभ्यास गरिरहँदा किम जोङ–उन दंग परिरहेको तस्वीर सार्वजनिक भएको छ ।


तस्वीरमा देशको वार्षिक हवाई युद्ध प्रतियोगितामा आफ्ना निकटवर्ती सैन्य अधिकारीहरूसँग बसेर किम हाँसिरहेको देख्न सकिन्छ ।

एउटा एयर फिल्डमा ठूला विस्फोट गरेर युद्धअभ्यास तथा वार गेमहरू देखाइएको थियो ।

विमानचालकहरूले आफ्नो शक्ति प्रदर्शन गर्ने होडबाजी गर्दा किमले एकाबिहानै यसको निरीक्षण गरेका थिए ।

दक्षिण कोरियाली विज्ञहरूका अनुसार उक्त अवसरमा सुखोई सु–२५ फ्रगफूट, मिग–२९ तथा मिगका अन्य संस्करणका फाइटर जेटहरूको प्रदर्शनी गरिएको थियो ।

हवाईसेनाको प्रशंसा गर्दै उत्तर कोरियाली समाचार संस्थाले आफ्ना सैनिकहरू ‘शत्रुका विमान लगायत सबै लक्ष्य ध्वस्त पार्न सफल भएको’ दाबी गरेको थियो ।


आजको प्रदर्शनीभन्दा कैयौं दिनअघिदेखि उत्तर कोरियाली विमानहरूले नक्कली आक्रमण गरेको अनि शत्रुका विमानलाई एक झट्कामा सिध्याएको देखिएको थियो ।

दक्षिण कोरियाले आजको अभ्यासको पुष्टि गरेको छ र यसलाई विशाल आक्रमण अभ्यासका रूपमा वर्णन गरेको छ ।

दक्षिणको सेनाले परिस्थितिको निरीक्षण गरिरहेको र पूर्ण तयारी अवस्थामा रहेको बताएको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्