३२ असार २०८३, बिहीबार

विपक्षीहरूसँग जनतामा जाने हिम्मत देखिएन : सांसद दाहाल

विपक्षीहरूसँग जनतामा जाने हिम्मत देखिएन : सांसद दाहाल
फाइल फोटो

राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने सरकारको कदम निरंकुश नभएको दाबी गरेका छन् ।

सोमवारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य दाहालले पहिलो पटक विघटित प्रतिनिधिसभा पुनःस्थापना भएपछि पनि केही काम गर्न नसकेकाले वर्तमान अवस्थामा निर्वाचनमा जानु नै सही निर्णय भएको जिकिर बताए ।

निर्वाचनको विरोध गर्ने विपक्षीहरु कसैसँग पनि जनतामा जाने हिम्मत नभएको दाबी उनले गरे । उनले भने, ‘विपक्षीहरु कसैसँग पनि जनतामा जाने हिम्मत देखिएको छैन ।’

उनले संसदीय अभ्यासको नाममा गैरसंवैधानिक अभ्यासहरू देखिएको तथा अनधिकृत र असंसदीय अभ्यास शुरू भएको दाबी गरे । उनले निर्लज्ज ढंगले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइदिनुपर्‍यो भन्दै नसुहाउँदो ढंगले नेकपाका वरिष्ठ नेताहरू हस्ताक्षरसहित राष्ट्रपति कार्यालय र सर्वोच्च अदालतमा लाइन लागेको टिप्पणी गरे ।

सरकारले कोभिड दोस्रो लहरको समयमा अत्याधिक आवश्यक परेको अक्सिजन उपलब्धता र खोप आयातमा सरकारले निकै राम्रो काम गरेको दाबी गरे । उनले विपक्षी दलहरूले सरकारले गरेका राम्रा काम देख्न नसकेको टिप्पणी गरे ।

संसदीय प्रणालीमा राष्ट्रियसभा मात्रै अपूर्ण हुने भएकाले प्रतिनिधिसभा विना राष्ट्रियसभाले कुनै पनि ऐन बनाउन नसक्ने बताए ।

बाढी पहिरोबाट मुलुकका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको भन्दै राहत, पुनःस्थापनाको माग गरे ।

salt training

कमेन्ट गर्नुहोस्