०५ असार २०८३, शुक्रबार

चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

असार २१, २०७८
चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले चेक अनादर मुद्दाका फरार प्रतिवादी १ महिलालाई पक्राउ गरी सोमवार एन्टिजेन परीक्षणपछि सुर्खेत जिल्ला अदालतमा उपस्थित गराउने जनाएको छ ।

वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेत धारपानीका ३२ वर्षीया पार्वती शाहीलाई प्रहरीले पक्राउ गरेको हो । 

सुर्खेत जिल्ला अदालतको विक्रम संवत् २०७७ फागुन २८ गतेको आदेशले चेक अनादर मुद्दामा प्रतिवादी शाहीलाई २ वर्ष कैद सजायको फैसला गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अदालतको फैसला कार्यान्वयनका लागि विशेष सूचनाका आधारमा जिप्रकाबाट खटिएको प्रहरी टोलीले आइतवार उनलाई पक्राउ गरी कार्यालयको हिरासत कक्षमा राखेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्