३० जेठ २०८३, शनिबार

थानकोटमा एक व्यक्तिको हत्या

थानकोटमा एक व्यक्तिको हत्या

 काठमाडौंको चन्द्रागिरी नगरपालिका-३ थानकोट बस्ने महोत्तरी जलेश्वर नगरपालिका-२ घर भएका २० वर्षीय जितेन्द्र साहको हत्या भएको छ ।  धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चन्द्रागिरी नगरपालिका-३ थानकोट बस्ने ३६ वर्षीय सोमलाल गोपाली र मकवानपुर दामन घर भएका २५ वर्षीय मनोज दोङ तामाङ रहेका छन् ।

चन्द्रागिरी नगरपालिका-३ थानकोटमा आइतबार राति गोपालि समेतका ३ जनाले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका साहको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको थियो । उक्त घटनामा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा गोपालीलाई चन्द्रागिरी नगरपालिका-३ थानकोट र तामाङलाई सोही नगरापालिका-१ दहचोकबाट फेला पारी प्रहरीले पक्राउ गरेको   हो ।

घटनामा संलग्न हाल फरार १ जनाको खोजी गर्नुका साथै पक्राउ परेका उनीहरु उपर कर्तव्य ज्यान सम्बन्धि कसूरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्