०५ असार २०८३, शुक्रबार

सवारी कर अब नागरिक एपबाटै तिर्न सकिने

असार २२, २०७८
सवारी कर अब नागरिक एपबाटै तिर्न सकिने

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी कर नागरिक एपबाटै तिर्न सकिने व्यवस्था गरेको छ । मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयबाट प्रवाह हुने सेवालाई प्रविधिमैत्री बनाउने क्रममा नागरिक एपमार्फत राजस्व भुक्तानीको व्यवस्था गर्न लागिएको जानकारी गराएको छ ।

मन्त्रालयका अनुसार आगामी साउन १ देखि सेवाग्राहीले नागरिक एपबाटै सवारी साधनसम्बन्धी राजस्व भुक्तानी गर्न सक्नेछन् । यसका लागि सवारीधनीले नागरिक एपमा रहेको ‘सवारी कर’ पोर्टलमा गएर आफ्नो सवारी साधनसम्बन्धी विवरण अद्यावधिक गर्नुपर्ने हुन्छ । साथै यातायात व्यवस्था सूचना प्रणालीको वेबसाइटमा गई आफ्नो मोबाइल नम्बर भेरिफाई गरी सवारी साधनसम्बन्धी विवरण प्रविष्ट गर्न सकिने मन्त्रालयले जनाएको छ ।

अनलाइन भुक्तानी तथा सेवाको गृहकार्य गरिरहेको मन्त्रालयले प्रदेश यातायात कार्यालयअन्तर्गत दर्ता भएका सवारी साधनको राजस्व भुक्तानी, नवीकरण, जरिवानालगायत दस्तुर अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था मिलाइएको सो सूचनामार्फत मन्त्रालयले जानकारी गराएको छ । गोरखापत्रमा खबर छ।

salt training

कमेन्ट गर्नुहोस्