२२ जेठ २०८३, शुक्रबार

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा ७३ गुणा बढी आवेदन

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा ७३ गुणा बढी आवेदन

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ करिब साढे २० लाखले आवेदन दिएका छन् ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको अनुसार सोमबार साँझसम्ममा २० लाख ३६ हजार २४५ आवेदनबाट २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख ७४ हजार ५० कित्ता शेयर खरिदको लागि आवेदन परेको हो ।

यो लघुवित्तले सर्वसाधारणको लागि छुट्टाएको ३ लाख ६३ हजार ४९२ कित्ताको ७३.१० गुणा बढी हो ।

लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार बाँडफाँट हुनेछ । निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ता बाँडफाँट गर्दा भाग्यमानी ३६ हजार ३४९ जनाले मात्रै लघुवित्तको शेयर पाउने छन् ।

त्यस अनुसार ९८.१० प्रतिशत भन्दा धेरैले शेयर नपाउने देखिएका छन् । हालसम्म प्राप्त तथ्यांक पूर्ण नरहेकोले लघुवित्तको आईपीओ आवेदन गर्नेको संख्या अझै थप हुने पक्का छ ।

लघुवित्तले असार १७ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।

 

salt training

कमेन्ट गर्नुहोस्