०१ असार २०८३, सोमबार

मन्त्रिपरिषद्मा ठूलो हेरफेर गर्दै प्रधानमन्त्री मोदी, २० नयाँ मन्त्रीलाई मौका !

असार २२, २०७८
मन्त्रिपरिषद्मा ठूलो हेरफेर गर्दै प्रधानमन्त्री मोदी, २० नयाँ मन्त्रीलाई मौका !

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद्मा ठूलो हेरफेर गर्ने तयारी गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार मन्त्रिपरिषद्मा २० जना नयाँ मन्त्रीलाई मौका मिल्ने सम्भावना छ । मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेपछि पहिलोपटक मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।

मन्त्रिपरिषद्मा रहेका केही व्यक्तिलाई हटाएर २० नयाँ मन्त्री थपिने स्रोतलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

मन्त्रिपरिषद् विस्तारका क्रममा पश्चिम बंगाल, महाराष्ट्र र उत्तर प्रदेशलाई केन्द्रित गरिने जनाइएको छ । बिहारबाट जनता दल युनाइटेड र लोक जनशक्ति पार्टीको पशुपति पारस पक्षलाई मन्त्रिपरिषद्मा ठाउँ मिल्ने चर्चा छ ।

आगामी वर्ष उत्तर प्रदेशमा हुने विधानसभा निर्वाचनका लागि माहोल बनाउन भारतीय जनता पार्टी (भाजपा), सहयोगी अपना दल र निषाद पार्टीलाई समेत मन्त्रिपरिषद्मा सहभागी गराइनेछ । हालै यी पार्टीका नेताहरूसँग भाजपा केन्द्रीय नेतृत्वले छलफल गरेको थियो ।

भारतीय कांग्रेस पार्टी छाडेर भाजपा प्रवेश गरेका ज्योतिरादित्य सिंधियालाई मन्त्रिपरिषद्मा ठाउँ मिल्नसक्ने बताइन्छ । मध्यप्रदेशमा रहेका उनलाई दिल्ली बोलाइएको छ ।

महाराष्ट्रका पार्टी वरिष्ठ नेता नारायण राणेलाई समेत दिल्ली बोलाइएको छ । उनलाई भाजपा अध्यक्ष जेपी नड्डाको कार्यालयबाट फोन गएको थियो ।

भाजपा अध्यक्ष जेपी नड्डा समेत हिमाञ्चल प्रदेशबाट दिल्ली फर्किंदैछन् । अब छिट्टै मन्त्रिपरिषद् विस्तार हुनसक्ने अनुमान गर्न थालिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्