३१ जेठ २०८३, आइतबार

हृदयघातले वडाध्यक्षको निधन

असार २२, २०७८
हृदयघातले वडाध्यक्षको निधन
प्रतिकात्मक तस्वीर

मनाङको नासों गाउँपालिका–५ थोंचेका वडाध्यक्ष छिरिङ ग्याल्पो पुनेलको सोमवार निधन भएको छ ।

५० वर्षीय पुनेलको हृदयाघातका कारण निधन भएको हो । 

नेपाली कांग्रेसबाट निर्वाचित भई गाउँपालिकाका प्रवक्ता रहेका उनको उपचारका क्रममा जिल्ला अस्पताल लमजुङमा अपराह्न निधन भएको अस्पतालले जनाएको छ ।

आर्थिक वर्षको अन्त्य, योजना छनोट, नीति तथा कार्यक्रम निर्माण, बजेट निर्माणका लागि असार पहिलो हप्ता उनी काठमाडौं गएर आइतवार मात्रै बेंसीशहर फर्किएका थिए । गाउँपालिकाका अध्यक्ष चन्द्र घलेका अनुसार सोमवार बिहान खाना पनि नखाई बेंसीशहरको होटेलमा बसेका उनी हृदयघातका कारण ढलेपछि उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको थियो ।

उपचारका लागि १०ः५० बजे जिल्ला अस्पताल पुर्‍याइएकामा उपचारका क्रममा मध्याह्न १२ बजेतिर उनको निधन भएको अस्पतालका प्रशासक हेमन्त श्रेष्ठले बताए ।

salt training

कमेन्ट गर्नुहोस्