२७ जेठ २०८३, बुधबार

करेन्ट लगाएर माछा मार्ने ९ जना पक्राउ

करेन्ट लगाएर माछा मार्ने ९ जना पक्राउ

रामेछाप जिल्लाको लिखु तामाकोसी–६ खिम्ती खोलामा करेन्ट लगाएर अवैध रूपमा माछा मारिरहेका ९ जनालाई रामेछाप प्रहरीले पक्राउ गरेको छ ।

मंगलवार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी खिम्तीबाट खटिएको प्रहरी टोलीले आरोपीलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा मन्थली नगरपालिका–८ बस्ने ४० वर्षीय शेरबहादुर माझी, ३० वर्षीय मिलन माझी, २३ वर्षीय प्रवीण माझी, ३६ वर्षीय शमशेर माझी, ४३ वर्षीय सन्तबहादुर माझी, २३ वर्षीय बिष्णु माझी, २५ वर्षीय सुनिल माझी, २३ वर्षीय राजकुमार माझी र २० वर्षीय विपिन माझी रहेका रामेछाप प्रहरी प्रमुख डीएसपी नवराज ढुंगानाले जानकारी दिए । 

आरोपीको साथबाट प्रहरीले १२ किलोे ५०० ग्राम माछासहित माछा मार्न प्रयोग गरेको विद्युतीय ब्याट्री २ वटा, विद्युतीय तार जडान गरेको स्टीक ४ वटा, माछा समात्ने जाल ५ वटा बरामद गरेको छ ।

आरोपीलाई जलचर संरक्षण ऐन २०१७ अनुसार आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय रामेछापमा पेश गरिएको ढुंगानाले बताए । 

salt training

कमेन्ट गर्नुहोस्