२२ जेठ २०८३, शुक्रबार

‘भेरोसेल’ खोपको दोस्रो मात्रा आजदेखि लगाइँदै

असार २२, २०७८
‘भेरोसेल’ खोपको दोस्रो मात्रा आजदेखि लगाइँदै
प्रतिकात्मक तस्वीर

सरकारले कोरोना भाइरस विरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो मात्रा मंगलवारदेखि ज्येष्ठ नागरिकलाई लगाउँदै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवारदेखि देशभरिका ३ हजार ९०० खोप केन्द्रबाट ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेलको दोस्रो मात्राको खोप लगाइरहेको छ । 

काठमाडौं जिल्लामा ३२ सहित उपत्यकामा ४७  खोपकेन्द्र छन् । खोप बिहान १० देखि अपराह्न ४ बजेसम्म मन्त्रालयले तोकेको खोप केन्द्रबाट प्रदान गरिने छ ।

स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले करीब ५ लाख जनालाई भेरोसेलको दोस्रो मात्राको खोप प्रदान गर्न थालिएको जानकारी दिए ।

खोप अभियान मंगलवारदेखि असार २४ गतेसम्म सञ्चालन हुनेछ । उनका अनुसार गत जेठ २५ देखि २९ गतेसम्म लगाएका ज्येष्ठ नागरिक र त्यसअघि भेरोसेलको पहिलो मात्रा लगाएर छुट भएका व्यक्तिलाई पनि दोस्रो मात्रा दिइने छ ।

खोप लगाउनका लागि पहिलो मात्रा लगाइएको कागज अनिवार्य देखाउनुपर्ने छ । नेपालमा अहिलेसम्म ७ लाख ५९ हजार ९५४ ले दोस्रो र २६ लाख ११ हजार ८०७  जनाले पहिलो मात्राको खोप लगाइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्