
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल निवास कोटेश्वर पुगेका छन् ।
जनकपुरबाट काठमाडौं फर्केलगत्तै प्रचण्ड विमानस्थलबाट सिधै नेपाल निवास पुगेका हुन् ।
सिंहदरबारमा एमाले विवाद समाधान कार्यदलको बैठक चलिरहेको समयमा प्रचण्ड कोटेश्वर पुगेका हुन् ।
पछिल्लो समय नेता नेपाल कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनको बैठकमा सहभागी हुँदै आएका छन् ।
विपक्षी मोर्चामा रहेर नेता नेपालले विभिन्न समयमा वक्तव्य जारी गरेका थिए ।
एमालेमा सहमतिको प्रयास भइरहेको समयमा नेपाल र प्रचण्डको भेटलाई अर्थपूर्ण ठानिएको छ ।