२७ असार २०८३, शनिबार

गर्मीमा साडीसँग कस्तो ब्लाउज लगाउने ?

असार २२, २०७८
गर्मीमा साडीसँग कस्तो ब्लाउज लगाउने ?

औपचारिक कार्यक्रममा जाँदा महिलाले प्रायः साडी लगाउने गर्छन् । कुनै पार्टी, विवाह समारोह वा अन्य कुनै कार्यक्रमका लागि साडी लगाउँदै हुनुहुन्छ भने तपाईंको छनोटमा ‘लाइट फ्याब्रिक’ साडी नै पर्छ । 

तर, गर्मीयामका बेला साडीको साथमा ‘फुलस्लिभ’ ब्लाउज लगाउँदा पक्कै पनि तपाईंलाई सहज महसुस हुँदैन । यस्तोमा तपाईंका लागि ब्लाउजका यी विकल्प हुन सक्छन् । 

डिप भी–नेक

डिप भी–नेक ब्लाउज सिल्क साडीमा एकदमै सुहाउँछ । ठिक्कको शरीर होस् वा एकदमै स्लिम दुवैमा राम्रो देखिन्छ । ब्लाउजको पछाडि कस्तो राख्ने भन्ने आफ्नो हिसाबले राख्न सक्नुु हुन्छ । यस्तोमा डीप भी–नेक अगाडि छ भने  पछाडि ‘फुल कभर’ राम्रो देखिन्छ ।

स्ट्रेपी नेकलाइन्स

केही महिला यस्तो ब्लाउज लगाउन लजाउँछन् तर, यो एकदमै सुहाउँछ । तपाईं यसमा आफ्नो हिसाबले डीप भी वा हाई भी पनि गर्न सकिन्छ । 

कटन र ह्याण्डलम साडीका साथमा यस्ता ब्लाउज एकदमै सुन्दर देखिन्छन् । 

कटआउट ब्लाउज

साडीको साथमा कटआउट ब्लाउज एकदमै उत्कृष्ट देखिन्छ । सबैभन्दा राम्रो कुरा के हो भने यो ब्लाउजको सेप र कट तपाईं आफ्नो हिसाबले छनोट गर्न सक्नुहुन्छ । यसको स्टायल तपाईं आफैं राख्न सक्नु हुन्छ। 

स्लिभलेसको साथमा यो डिजाइनले तपाईंलाई अझ सुन्दर देखाउने छ। 

की–होल नेकलाइन

यो ब्लाउजको प्याटर्न महिलाहरूले रुचाउँछन् । किनकि यसमा ‘स्टाइलिस लुक’का लागि धेरै मेहनत गर्नु पर्दैन । अगाडि ब्लाउजको नेक भी, बोट, राउन्ड राखेर पछाडिबाट हल्का काट्ने गरिन्छ । कटन र ह्याण्डलम साडीका साथमा यो ब्लाउज एकदमै सुहाउँछ । की–होलको साइज तपाई आफ्नो हिसाबले कम वा ज्यादा राख्न सकिन्छ । 

स्लिभलेस 

गर्मीयाममा साडी लगाउनु पर्दा स्लिभलेस ब्लाउज एकदमै सहज हुन्छ । 

यसलाई तपाईं सिल्क, कटन, जर्जेट, सिफन ह्याण्डलमजस्ता साडीको साथमा लगाउन सकिन्छ । 

टाइअप

टाईअप ब्लाउज ग्ल्यामर्स मात्रै होइन स्लिम लुक पनि दिनेछ । साथै अत्यधिक गर्मीबाट पनि बचाउँछ । 

salt training

कमेन्ट गर्नुहोस्