
कोभिडको डेल्टा भेरिएन्टबाट ग्रस्त पाँच मुलुकबाट आउने यात्रुलाई बुधवारदेखि जर्मनीले प्रतिबन्ध फुकुवा गरेको जर्मनीको सार्वजनिक स्वास्थ्य संस्था रोबर्ट कोच इन्स्टिच्युटले जनाएको छ ।
नेपाल, भारत, रुस, पोर्चुगल र बेलायतबाट आउने यात्रुहरूमाथिको प्रतिबन्ध फुकुवा गरिएको हो ।
यससँगै यी देशहरूबाट जाने यात्रुका लागि प्रवेश सहज बनाइएको छ । खोपको दुई डोज लगाएको वा कोभिडबाट निको भएको प्रमाण देखाउन सक्नेले जर्मनी पुगेपछि आइसोलेसनमा बस्नुपर्दैन ।
नेपाललाई जर्मनीले मे महिनामा भाइरस भेरिएन्ट क्षेत्रका रूपमा वर्गीकृत गरेको थियो ।