२२ जेठ २०८३, शुक्रबार

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

असार २२, २०७८
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
प्रतिकात्मक तस्वीर

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मंगलवार भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ना६ख ६११८ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको लु८प ८३५३ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । 

मृत्यु हुनेमा मार्कीचोक बस्ने ३१ वर्षीय दुर्गा भुजेल रहेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । दुर्घटनामा मोटरसाइकलमा सवार १७ वर्षीय साजन भुजेल घाइते भएका छन् ।

घाइतेको आँबुखैरेनीस्थित हाडजोर्नी अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक प्रहरी नियन्त्रणमा छन् । मृतक भुजेलको शव परीक्षणका लागि दमौली अस्पताल ल्याइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्