
ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सान्थाक्राकामा मंगलवार दिउँसो १ पुरुषको भीरबाट लडेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा ५२ वर्षका फेम्जु शेर्पा छन् ।
घरछेउको भीरबाट करीब २० मिटर तल लडेर झर्दा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता शैलाशकुमार अधिकारीले जनाकारी दिए ।
शव परीक्षणका लागि जिल्ला अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।