२९ जेठ २०८३, शुक्रबार

४० लाखसम्म तिरेर अमेरिका पुगेका ७ नेपाली फर्काइए

कात्तिक २०, २०७४
४० लाखसम्म तिरेर अमेरिका पुगेका   ७ नेपाली   फर्काइए
काठमाडौं, २५ जेठ – मानव तस्करीको चंगुलमा परेर महिनौँ लामो यात्रापछि अमेरिका पुगेका सात नेपालीलाई अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले डिपोर्ट गरेको छ ।america

युएस ईमिग्रेसन एन्ड कस्टम ईन्फोर्समेन्टले सरकारी जहाज नै चार्टर गरेर सात नेपालीलाई बुधबार दिउँसो त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल ल्याई नेपाली अधिकारीलाई जिम्मा लगाएर फर्केको हो ।

नेपालबाट भारत, कोलम्बीय, टर्की पानामा, कोस्टारिका, निकारागुवा, एल साल्भाडोर, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका पुगेका सात नेपालीले त्यसका लागि ३० देखि ४० लाख रुपैयाँ खर्चेका थिए,खबर आजको कान्तिपुरमा छ ।

salt training

कमेन्ट गर्नुहोस्