काठमाडौं, १४ पुस– साहित्यकार कमलमणि आचार्य दीक्षितको ८७ वर्षको उमेरमा बिहिबार बिहान निधन भएको छ ।
केहि महिनायता स्वास्वप्रस्वाससम्बन्धी रोगबाट पीडित उनको ललितपुरको ग्वार्खोस्थित बीएण्डबी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्षसमेत रहेका दीक्षितका खोजमुलक निवन्ध, नियात्रा, साहित्य, संस्मरण लगायत विषयमा ५० भन्दा बढी कृति प्रकाशित छन् । यस्तै उनी विभिन्न अखबारहरुमा समेत नियमित लेख्ने गर्थे ।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येटि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
दीक्षितको जन्म वि.सं १९८६ भदौ २ गते कुशे औँसीका दिन काठमाडौंको गैरीधारामा बाबु केदारमणि र विद्यादेवी दीक्षितको कोखबाट जन्म भएको थियो ।
बनारस हिन्दू विश्वविद्यालयबाट स्नातक उत्तीर्ण उनी तत्कालिन राजपरिवारसँग निकट रहे । सर्लाहीकी अञ्जु पौडेलसँग बिबाह गरेका उनका कुन्द दीक्षित, कनकमणि दीक्षित र रूपा जोशी छोराछोरी हुन् । उनीहरु तीनै जना हाल पत्रकारिता र आइएनजीओमा संलग्न छन् ।
उनका प्रकाशित कृतिहरू :१. यस्तो पनि (२०१३)
२. कालो अक्षर (२०१७)
३. कागतीको सीरप (२०२६)
४. पर्खदै बित्ला कि? (२०२६)
५. भन्ने कुरा (२०३१)
७. उखान मिलेन (२०३७)
८. चढाई गर्ने आँखाले (२०३७)
९. कथ्य कि तथ्य (त्रैमासिक 'नेपाली') (२०३७)
१०. जंग–गीता (२०४०)
११. बिर्सेको सम्झेको (२०४१)
१२. चन्द्रज्योति (२०४१)
१३. विद्यादेवी दीक्षितः एउटा कथा (प्र. जगदम्बा प्रेस) (२०४१)
१४. नूनको खोजीमा (प्र. साल्ट ट्रडिङ) (२०४१)
१५. बाघ पञ्जा, (तीन झलक (२०४२) समेत समाविष्ट) (२०४३)
१६. हृदय हुन् (२०४३)
१७. रोटरीका कुरा (पाटन रोटरी क्लब) (२०४५)
१८. ज्यूँदा कुरा (२०४५)
१९. म.पु.पु.को पाना (म.पु.पु) (२०४८)
२०. सग्लो अक्षर (२०४८)
२१. अथ र इति (२०४९)
२२. थाहा छैन (२०५२)
२३. भवदीय फलानो (२०५२)
२४. चार कन्था (२०५३)
२५. 'नेति, नेति' (२०५४)
२६. महाचीन (२०५५)
२७. केही आँखा केही परिभाषा, क.दी. का (प्र. वाणि प्रकाशन) (२०५५ )
२८. जोगी तरकारी (२०५५)
२९. १९९ यौटा ठट्टा (पाटन रोटरी क्लब) (२०६१)
३०. भानु विचरण (प्र. भानु जन्मस्थल विकास समिति) (२०५६)
३१. कमण्डलुको जल (२०५६)
३२. खोक्रेा कल्ली (२०५७)
३३. संगालो (२०५७)
३४. साइबर भानु (२०५७)
३५. क क न न (गीता समुदय) (२०५८)
३६. हितैषी (२०५८)
३७. '....समर्पये' (२०५९)
३८. मदन गाथा (हिमाल बुक्स) (२०६०)
३९. बेलम्बरी (२०६०)
४०. २०२ ओटा ठट्टा (२०६१)
४१. शाखासन्तान (२०६१)
४२. झुसी र निम्ठो (२०६१)
४३. मुडखुले बाहुन (२०६१)
४४. गुरुदक्षिणा (२०६२)
४५. क क न न अर्को (गीता समुदाय प्रकाशन) (२०६३)
४६. जंगबहादुरको बेलाइती कापी (२०६४)
४७. खुर्पाको बिंड (२०६६)
४८. गुरूभेटी महाकविमा (२०६६)
४९. यौटाठट्टा-२०१ परिकार (रोटरी क्लव) (२०६६)
५०. बाजेको बिहे (२०६८)
५१. चमकदार तारा (२०६८)
५२. घात हुने छैन (२०६९)
५३. आशीर्वाद
(२०६९)
५४. भात र पानी (२०७०)
५५. किराती चेली (२०७०)
सम्पादन :१. 'नेपाली' त्रैमासिक (२०१६ सालदेखि)
२. जंगबहादुरको बेलाइतयात्रा (प्र. साझा प्रकाशन) (२०१४)
३. कवि हरिदासको ध्रुवचरित्र (२०१६)
४. मोतीराम भट्टका प्रियदर्शिका (२०१६)
५. बुइगल (प्र. साझा प्रकाशन) (२०१८)
६. राजधर्म (२०१९)
७. सुन्दरानन्दको रामायण (२०२१)
८. गिरीशवल्लभ जोशीको 'वीरचरित्र' (२०२२)
९. जंङ्गबहादुरको बत्तीस सालको रोजानाम्चा ('नेपाली' त्रै) (२०२३)
१०. सूक्तिसिन्धु–फेरि (२०२४)
११. आशुकविको शाकुन्तला नाटक (२०२३)
१२. मदन सौरभ (म.पु.पु) (२०३१-२०६६)
१३. मदन गौरव (म.पु.पु) (२०३६)
१४. उपन्यास डा. सूर्यप्रसाद (२०३७)
१५. मदन पौरख (म.पु.पु) (२०४०)
१६. मानव मूल्यका कविताहरू (२०४६)
१७. बुइँगलको एउटा बाकस (सह–संपादन) (२०५३)
१८. एउटा अर्को बुइँगल (सह–संपादन) (२०५३)
१९. शम्भुका गजल (सह–संपादन) (३०५४)
२० शम्भुका गीतहरू (सह–संपादन) (२०५४)
२१. शम्भुका स्फुटपद्यहरू (सह–संपादन) (२०५४)
२२. गोरखापत्रः सयवर्षका १०१ कथा (सह–सम्पादन) (२०५८)
बालसाहित्य (अनुवाद) :१. रगतका कुरा (जापानी बाट अंग्रेजी) (२०२४)
२. तारो र साथीहरू (ऐं.) (२०२४)
३. सान्बाबुका चराहरू (बंगालीबाट) (२०५५)
सम्वन्धित पुस्तकहरू) :१. क.दी. का केही आंखा केही परिभाषा (वाणी प्रकाशन विराटनगर) (२०५५)
२. केही परखः क.दी.का (बगर फाउण्डेशन, काठमाण्डू) (२०५५)
३. कमल दीक्षितः कालो अक्षर देखि सग्लो अक्षर सम्म (नइ प्रकाशन, काठमाण्डू) (२०६०)