२३ जेठ २०८३, शनिबार

पशुपतिको वनकाली उद्यानमा गुर्जो रोपण

असार २६, २०७८
पशुपतिको वनकाली उद्यानमा गुर्जो रोपण

काठमाडौंको पशुपति क्षेत्रका खाली स्थानमा औषधीय गुणले युक्त वनस्पति गुर्जो रोप्ने अभियानअन्तर्गत वनकाली क्षेत्रको उद्यानमा १०० गुर्जोका बिरुवा रोपिएको छ ।

मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जोको प्रवद्र्धनमा लागेका आन्तरिक राजस्व कार्यालय धुलिखेलका कार्यालय प्रमुख कमलबहादुर राजलवटका नेतृत्वमा शुक्रवार गुर्जोका बिरुवा रोपिएको हो ।

कार्यक्रममा पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवाल, पूर्व सहसचिव एवं योग शिक्षक किशोरकुमार जोशी, अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा. माला खरेल, अभियानकर्मी राजलवट लगायतले गुर्जो रोपण गरेका थिए ।

नयाँ भेरियन्ट सहितको कोरोना महामारी फैलिएपछि  राजलवटले रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जोबाट बनेको चिया र धुलो ३६ जिल्लाका १२१ केन्द्रबाट निःशुल्क वितरणको व्यवस्था मिलाएका थिए ।

विक्रम संवत् २०७६ चैतमा कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरेदेखि नै उनले गुर्जोका बिरुवा र यसबाट बनेको चिया र धुलो निःशुल्क वितरण गर्दै आएका थिए । एक घरमा एक गुर्जोको बिरुवा हुर्काएर विभिन्न रोगबाट बच्ने शक्तिका लागि औषधि बनाउन सकिने राजलवटको विश्वास छ ।

salt training

कमेन्ट गर्नुहोस्