
कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा भगतपुर निम्बुखेडा खानेपानी तथा सरसफाई आयोजना सञ्चालनमा आएको छ ।
७ करोड ८९ लाखको लागतमा निर्माण भएको खानेपानी आयोजना सञ्चालनमा ल्याइएको हो । जसमा स्थानीय उपभोक्ताले १ करोड ४३ लाख रकम व्यहोरेका छन् ।
खानेपानी आयोजनाबाट ५०० बढी वासिन्दा लाभान्वित भएका छन् । आयोजनाका लागि ४५० घनमिटर क्षमताको ओभर हेड ट्यांकी निर्माण गरिएको छ ।
खानेपानी वितरणका लागि झण्डै ४० हजार मिटर पाइपलाइन बिछ्याउने लक्ष्य लिइएको छ । वडाध्यक्ष राजेन्द्र पाण्डेयले तत्कालका लागि ५०० घरधुरीमा खानेपानीका धारा जडान गरिएको बताए ।
‘उपभोक्ताको आवश्यकता हेरी खानेपानीको पाइपलाइन विस्तारको कार्यलाई निरन्तरता दिन्छौं,’ उनले भने, ‘उपभोक्ता समेत थपिँदै जान्छन् ।’