२५ असार २०८३, बिहीबार

‘हैटीमा अस्थिरताको खतरा भएको भन्दै हैटीको सरकारद्वारा सहयोगका लागि राष्ट्रसंघसँग आग्रह’

असार २६, २०७८
‘हैटीमा अस्थिरताको खतरा भएको भन्दै हैटीको सरकारद्वारा सहयोगका लागि राष्ट्रसंघसँग आग्रह’

राष्ट्रपति जोभेनल मोइजको हत्यापछि सङ्कटबाट प्रभावित क्यारिबियन राष्ट्र हैटीमा अस्थिरता मौलाउने खतरा देखिएको भन्दै त्यहाँको अन्तरिम सरकारले संयुक्त राष्ट्र संघ र संयुक्त राज्य अमेरिकालाई आफ्नो बन्दरगाह, एयरपोर्ट र अन्य रणनीतिक स्थलहरू सुरक्षित राखिदिन आग्रह गरेको हैटीका एक उच्च अधिकारीले बताएका छन् । 

हैटीका राष्ट्रपति मोइजलाई गत बुधबार गोली हानी हत्या गरिएको थियो । मोइसलाई उहाँको घरमा गोली हानी हत्या गरिएको दुई दिन पछि संयुक्त राज्यले एफबीआई र अन्य एजेन्टहरू पोर्ट–ओ–प्रिन्स पठाउने कुरा गरिसकेको छ ।

निर्वाचन मन्त्री म्याथियस पियरेले भने, “हैटीका राष्ट्रपति मोइजको हत्याकाण्डपछि सेनाले अराजकता पैदा गर्नका लागि केही पूर्वाधार नष्ट गर्न सक्छ भन्ने लागेको छ । अमेरिकी विदेश सचिव र संयुक्त राष्ट्र संघीय अधिकारीबीचको वार्तापछि हामीले हैटी सरकारलाई आवश्यक सहयोग गर्ने अनुरोध गरेका हौं ।” 

अमेरिकी विदेश विभाग र पेन्टागन दुवैले ‘सुरक्षा र अनुसन्धान सहयोग’ को लागि अनुरोध प्राप्त भएको पुष्टि गरेका छन् तर शान्ति सेना खटाउने भनेर प्रष्ट सूचना भने दिएका छैनन् । यद्यपि अधिकारीहरू पोर्ट–ओ–प्रिन्सको सम्पर्कमा रहेको उनीहरूले बताए । 

संयुक्त राष्ट्र संघले यसबारे प्रतिक्रियाको लागि अनुरोधप्रति तत्काल स्पष्ट प्रतिक्रिया दिन अस्वीकार गरेको छ । संयुक्त राष्ट्रसंघका कूटनीतिक स्रोतले सुरक्षा परिषद्को प्रस्तावलाई हैटीवासीहरूले भनेको जस्तै गर्न आवश्यक भएको सङ्केत गरेको थियो ।

वाशिङ्टनले हैटीको अनुसन्धानमा मद्दत गर्ने आफ्नो इच्छाप्रति सङ्केत गरिसकेको छ र व्हाइट हाउसका प्रवक्ता जेन सासाकीले वरिष्ठ एफबीआई र अन्य अधिकारीहरू सकेसम्म चाँडो क्यारेबियन मुलुक हैटीतर्फ लाग्ने शुक्रबार बताएका छन् । 

क्रुर हत्याको योजना कसले बनाए होला भनेर प्रश्नहरू उब्जिएको छ । हत्यामा सक्लग्न रहेको आरोपमा कोलम्बियाली तथा अमेरिकी केही व्यक्तिहरूलाई हिरासतमा लिइएको छ वा कारबाहीमा मारियो भन्ने सार्वजनिक गरिएको छैन । हत्यापछि केही अमेरिकी तथा कोलम्बियाली सदस्यलाई सुरक्षा नियन्त्रणमा लिइएको सूचना हैटीका सञ्चारमाध्यमहरूले बाहिर ल्याएका थिए ।

अनिश्चितताको बीचमा तीन व्यक्तिलाई ११ करोड जनसङ्ख्या भएको देश हैटीको सम्भावित नेताको रूपमा खडा गरिएको छ । त्यहाँ कुनै संसद छैन । 

राष्ट्रपतिको हत्यापछि सुनसान राजधानीमा षड्यन्त्रको अनसमानबीच सडक तथा पसलहरूमा चहलपहल बढेको छ भने सार्वजनिक यातायात पुनः सुरु भएको छ ।

अस्थिरताको सङ्केतहरू देखिँदा नागरिकहरू सुपरमार्केटमा आधारभूत आवश्यकताका सामान खरीद गर्न र भण्डारण गर्न खाना पकाउन ग्यास किन्न लामवद्ध हुन थालेका छन् । 

भोलि के हुन्छ हामीलाई थाहा छैन । दुर्दिनको अनुमानबीच नागरिकहरूले आफ्नो छाक टार्ने तयारी गरिरहेका छन्, एक स्थानीयले पोर्ट–ओ–प्रिन्समा सामान किन्दै गर्दा प्रतिक्रिया दिए ।

विगतमा फ्रान्सको अधिनस्थ यो कोलोनीमा विभिन्न समूहहरूबीच शुक्रबार पनि झडपहरू भएका थिए । यसका कारण राजमार्गहरूसमेत प्रभावित बनेका थिए । 

यस हत्याको दिन बित्दै जाँदा अफ्रिकाको सबभन्दा गरीब देशका धेरै मानिसहरूले न्यायको माग गरिरहेका छन् ।

राजधानीका बासिन्दाले भने, “विदेशीहरू यो अपराध गर्नका लागि देशमा आएका थिए । हामी हैटीबासी यसबाट विचलित भएका छौ । घटनाको पछाडि कसको हात छ हामी यो जान्न चाहन्छौँ ।” 

प्रहरीले २८ जना कोलम्वियाली तथा अमेरिकी समूहले आक्रमण गरेको तर यसको मुख्य योजनाकारको खोजी भइरहेको प्रहरीले जनाएको छ । छानवीनका लागि मोइजको सुरक्षार्थ खटाइएका सुरक्षा टोलीलाई अदालतमा उपस्थित हुन भनिएको छ ।

हैटीका राष्ट्रपति मोइजको उनकै सुरक्षा सहयोगीद्वारा हत्या भएको हैटीका पूर्व सांसदले यहाँको म्याजिक–नाइन रेडियोसँगको कुराकानीमा बताएका छन्  । उनले हत्यारा विदेशी नभएको दावी पनि गरे । 
 

salt training

कमेन्ट गर्नुहोस्