
अमेरिकाले नेपाललाई अनुदानमा उपलब्ध गराउन लागेको १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप सोमवार बिहान काठमाडौं आइपुग्ने भएको छ ।
कोभ्याक्स संयन्त्रमार्फत अमेरिकाले अनुदानमा दिन लागेको १५ लाख डोज खोप सोमवार बिहान काठमाडौं आइपुग्ने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।
एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोपलाई अमेरिकाले उपहारमा दिन लागेको जनाइएको छ ।
गत महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालसहितका मुलुकलाई पहिलो चरणमा ८० मिलियन डोज खोप कोभ्याक्समार्फत उपलब्ध गराउने घोषणा गरेका थिए ।
अमेरिकन सरकारले COVAX मार्फ़त अनुदानमा नेपाललाई दिन लागेको 15 लाख J & J Vaccine आगामी सोमबार बिहान काठमाण्डू आइपुग्ने भएको छ । US सरकार तथा पहलकर्ता सबैलाई धन्यबाद ।
— Rajan Bhattarai (@Rajanktm) July 10, 2021