
वरुण धवन, कृति सेनन, अभिषेक बनर्जी र दीपक डोबरियाल अभिनित बहुप्रतिक्षित बलिउड चलचित्र ‘भेडिया’ को छायांकन पूरा भएको छ ।
कोरोना महामारी बेला छायांकन गरिएको हो । यद्यपि निर्माणकर्ताका अनुसार स्वास्थ्य मापदण्डको ख्याल भने राखिएको थियो ।
दिनेश विजनले निर्माण गरेको चलचित्रका धेरै दृश्यहरू अरुणाचल प्रदेश र मुम्बईका छन् ।
चलचित्रको छायांकन पूरा भएको घोषणासँगै मोसन पोस्टर पनि शेयर गरिएको छ । साथै चलचित्र २०२२ अप्रिल १४ मा रिलिज हुने बताइएको छ ।
‘भेडिया’ सुपरनेचुरल थ्रिलर चलचित्र हो ।