२५ असार २०८३, बिहीबार

कांग्रेस वरिष्ठ नेता पौडेलले लिए क्रियाशील छानविन समितिको कामबारे जानकारी

कांग्रेस वरिष्ठ नेता पौडेलले लिए क्रियाशील छानविन समितिको कामबारे जानकारी

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल क्रियाशील छानविन समितिको कार्यालयमा पुगेर क्रियाशील छानविन समितिले गरिरहेको कामबारे जानकारी लिएका छन् ।

क्रियाशील सदस्यता छानविन समितिले काम गरिरहेको तिलगंगास्थित नेपाल भारत मैत्री धर्मशाला पुगेर पौडेलले क्रियाशील छानविन समितिले गरिरहेको कामका बारेमा जानकारी लिएका हुन् । 

पौडेलले क्रियाशील सदस्यता छानविन समितिले गरेको काम प्रशंसनीय भएको भन्दै समयमा नै टुंगो लगाउन निर्देशन दिएका थिए ।  

क्रियाशील छानविन समितिका प्रवक्ता प्रदीप पौडेलका अनुसार वरिष्ठ नेता पौडेलले तोकिएको समयमा पार्टीको १४ औं महाधिवेशन गराउन जिम्मा क्रियाशील सदस्यता छानविन समितिको काँधमा रहेको समेत बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्