
काठमाडौं, २५ जेठ — उत्तर कोरियाले जमीनबाट मार हान्ने अनेकौं प्रक्षेपक (प्रोजेक्टाइल) प्रहार गरेको दक्षिण कोरियाका प्रधानसेनापतिले घोषणा गरेका छन् । यिनीहरू जमीनबाट जहाजमा मार हान्ने प्रक्षेपक हुन् ।

‘उत्तर कोरियाले पहिचान नखुलेका अनेकौं प्रक्षेपकहरू आज बिहान वोन्सानबाट पूर्वी समुद्रतर्फ फ्याँकेको छ र यो जमीनबाट जहाजमा मार हान्ने किसिमको छ,’ सेनाले वक्तव्य जारी गरेर भन्यो ।
यी क्षेप्यास्त्रहरू करीब २०० किलोमिटर उडेको दक्षिण कोरियाको सेनाले थप्यो ।
क्षेप्यास्त्रहरू उत्तरपूर्वी दिशामा दुई किलोमिटरको उचाइँमा उडेको सेनाका एक प्रवक्ता कर्नेल राह जाए–चिओनले बताए ।
स्थानीय समयअनुसमर बिहान सबा ६ बजे यी क्षेप्यास्त्रहरू पत्ता लागेका थिए र धेरै मिनेटसम्म यिनीहरूको ट्य्राकिङ गरिएको थियो । दक्षिण कोरिया र अमेरिकाका सेनाले यी क्षेप्यास्त्रका प्रकारको विश्लेषण गरिरहेका छन् ।
आफू पूर्ण तयारी अवस्थामा रहेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।
एजेन्सी