
बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरूले सामाजिक सुरक्षा कोषविरुद्ध आइतवारदेखि पहिलो चरणको आन्दोलन शुरू गरेका छन् ।
नेपाल वित्तीय संस्था कर्मचारी संघले आइतवारदेखि ४ दिनसम्मको विरोधका कार्यक्रम गर्ने जनाएको छ । जसअनुरुप आज पनि कोषविरुद्ध विरोध कार्यक्रम गरेको छ ।
संघले शुक्रवार आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको हो ।
संघको निर्णयबमोजिम आइतवारदेखि आन्दोलनका कार्यक्रम शुरू गरिएको संघका उप महासचिव विकाश श्रेष्ठले लोकान्तरलाई जानकारी दिए ।
जसअनुसार असार २७ गतेदेखि ३० गतेसम्म विहान १० बजेदेखि १०:१५ बजेसम्म संघको ब्यानरमा कोषमा आबद्ध हुन किन असहमति भन्ने नाराका साथ हातमा कालोपट्टी बाँधेर बैंकको प्राङ्गणमा विरोध कार्यक्रम आयोजना गर्न आग्रह गरेको छ ।
कर्मचारीहरुले यसअघि कोषको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा समेट दर्ता गरिसकेका छन् ।


