२३ जेठ २०८३, शनिबार

झण्डै ५७ अंकले बढ्यो नेप्से परिसूचक, २ कम्पनीमा सकारात्मक सर्किट लाग्दा ४ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि

झण्डै ५७ अंकले बढ्यो नेप्से परिसूचक, २ कम्पनीमा सकारात्मक सर्किट लाग्दा ४ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि

 साताको कारोबारको पहिलो दिन आइतवार शेयर बजारमा उत्साह छाएको छ । 

आइतवार कारोबारको केही समयमै नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । 

समाचार  तयार पार्दै गर्दा १२ः३८ बजे नेप्से परिसूचक ५६.१० अंकले वृद्धि भई शेयर बजार २८८१.२१ विन्दुमा पुगेको छ। 

यस अवधिमा सेन्सेटिभ परिसूचक ९.५७ अंकले बढ्दै ५३९.२२ विन्दुमा पुगेको छ । 

कुल २ सय १३ कम्पनीको ७८ लाख ८८ हजार २२३ कित्ता शेयर २ अर्ब ९३ करोड २८ लाख ७८ हजार ५८० रुपैयाँ बराबरमा कारोबार भएको छ । 

यस दिन सबै समूहका सूचकहरूमा वृद्धि भएको छ ।

समाचार तयार पार्दै गर्दा श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी र गुर्खाज फाइनान्स लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ । 

यस दिन अन्य ४ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्