२३ असार २०८३, मंगलबार

गण्डकीमा कोरोनाको नयाँ भेरियन्ट फेला

गण्डकीमा कोरोनाको नयाँ भेरियन्ट फेला

गण्डकी प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेको छ । 

स्याङजा र गोरखाका गरी पाँच जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट (डेल्टा बी.१.६१७.२) देखा परेको प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत पुष्टि गरेको छ । 

तीमध्ये स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका १४ र ६० वर्षका पुरुष तथा गोरखाका बारपाक सुलिकोट गाउँपालिकाका ३३, ४० र ७० वर्षीया महिला छन् । 

गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट गत जेठ ३१ मा काठमाडौं पठाइएका नमूनाहरूमध्ये पाँच वटामा नयाँ भेरियन्ट पुष्टि भएको हो । 

यो नयाँ भेरियन्ट पहिला देखिएको अल्फा भेरियन्टभन्दा बढी संक्रामक रहेको स्वास्थ्यविज्ञहरू बताउँछन् । व्यक्तिगत सुरक्षाको मापदण्ड अपनाई थप सतर्क रहन आग्रह गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्