×

NMB BANK
NIC ASIA

नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरूको सेवा सुविधासम्बन्धी नियमावली संशोधन, यस्तो गरियो व्यवस्था

असार २७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारीहरूको सेवा शर्त र सुविधासम्बन्धी नियमावली, २०५६ को अनुसूची संशोधन गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लीलानाथ श्रेष्ठले असार २७ गते उक्त नियमावलीको अनुसूची ३, ६ र १० लाई संशोधन गरेका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रालयका सूचना अधिकारी प्रेम सुवेदीका अनुसार लोकसेवा आयोगले दिएको राय अनुसार नै मन्त्रीले गर्न पाउने संशोधनको अधिकारअनुसार संशोधन गरिएको हो।


Advertisment
Nabil box
Kumari

'सेवा सामूहिकृत नहुने र मिश्रित सेवा समूहका सबै तहका पदहरूमा सेवा समूह गठनको सामान्य सिद्धान्तबमोजिम नभएकाले यसलाई संशोधन गर्नुपर्ने आवश्यकता ठानेर संशोधन गरिएको हो,' सुवेदीले भने,'उक्त संशोधन गर्नुअगाडि संशोधनको मस्यौदा लोक सेवा आयोगमा पठाइएको थियो, आयोगले दिएको राय तथा सहमतिअनुसार नै संशोधन गरिएको हो।'​

Vianet communication
Laxmi Bank

भत्ता र कासमुको अंकका लागि विमानस्थलको नयाँ वर्गीकरण

त्यसैगरी अनुसूची १० अनुसार देशका विभिन्न विमानस्थलहरूलाई ५ वर्गमा वर्गीकरण गरिएको छ ।

साविकमा 'क' वर्गमा कुल १६ वटा विमानस्थल रहेकोमा अहिलेको संशोधित अनुसूची अनुसार अब 'क'वर्गमा कुल १९ वटा विमानस्थल रहनेछन्।

ताप्लेजुङ, नागरिक उड्डयन कार्यालय, तेन्जिङ हिलारी नागरिक उड्डयन कार्यालय, फाप्लु नागरिक उड्डयन कार्यालय, मनाङ नागरिक उड्डयन कार्यालय, जोमसोम नागरिक उड्डयन कार्यालय, डोल्पा नागरिक उड्डयन कार्यालय, बाजुरा नागरिक उड्डयन कार्यालय, सिमीकोट नागरिक उड्डयन कार्यालय, बझाङ नागरिक उड्डयन कार्यालयलाई 'क' वर्गमा राखिएको छ।

त्यसैगरी स्याङ्बोचे नागरिक उड्डयन कार्यालय, रोल्पा नागरिक उड्डयन कार्यालय, लाम्टांग नागरिक उड्डयन कार्यालय, दार्चुला नागरिक उड्डयन कार्यालय, जुम्ला नागरिक उड्डयन कार्यालय पनि 'क' वर्गमा रहेका छन्।

ढोरपाटन नागरिक उड्डयन कार्यालय, रारा नागरिक उड्डयन कार्यालय, मसिनेचौर नागरिक उड्डयन कार्यालय, कालिकोट नागरिक उड्डयन कार्यालय, कांगेलडाँडा नागरिक उड्डयन कार्यालय समे 'क' वर्गमा परेका छन्।

त्यसैगरी 'ख'वर्गमा साविकमा ११ वटा विमानस्थल कार्यालय रहेकोमा हाल संसोधित नियमावलीको अनुसूची अनुसार कुल १६ वटा विमानस्थलहरू 'ख'वर्गमा परेका छन्।

भोजपुर नागरिक उड्डयन कार्यालय, तुम्लिङग्टार नागरिक उड्डयन कार्यालय,लामीडाँडा नागरिक उड्डयन कार्यालय,रुम्जाटार नागरिक उड्डयन कार्यालय, डोटी नागरिक उड्डयन कार्यालय, बैतडी नागरिक उड्डयन कार्यालय,'ख'वर्गमा परेका छन्।

त्यसैगरी साँफेबगर नागरिक उड्डयन कार्यालय, पालुङटार नागरिक उड्डयन कार्यालय,जिरी नागरिक उड्डयन कार्यालय, रुकुम (सल्ले) नागरिक उड्डयन कार्यालय, खिजी चण्डेश्वरी नागरिक उड्डयन कार्यालय, इलाम नागरिक उड्डयन कार्यालय, रेसुंगा (गुल्मी)नागरिक उड्डयन कार्यालय, खानीडाँडा नागरिक उड्डयन कार्यालय,थामखर्क नागरिक उड्डयन कार्यालय 'ख'वर्गमा परेका छन्।

विगतमा 'ग'वर्गमा ६ वटा कार्यालय रहेकोमा हालको संशोधन अनुसार ७ वटा परेका छन्।

धनगढी नागरिक उड्डयन कार्यालय, महेन्द्रनगर नागरिक उड्डयन कार्यालय, टीकापुर नागरिक उड्डयन कार्यालय, दाङ नागरिक उड्डयन कार्यालय,सुर्खेत नागरिक उड्डयन कार्यालय, बाग्लुङ नागरिक उड्डयन कार्यालय र रामेछाप नागरिक उड्डयन कार्यालय 'ग' वर्गमा परेका छन्।

'घ' वर्गमा साविकमा १० मध्ये हाल संशोधित विनियमावली अनुसार पनि १० वटा नै विमानस्थल छन्। भरतपुर नागरिक उड्डयन कार्यालय, सिमरा नागरिक उड्डयन कार्यालय, जनकपुर नागरिक उड्डयन कार्यालय, गौतमबुद्ध नागरिक उड्डयन कार्यालय, राजविराज नागरिक उड्डयन कार्यालय, मेघौली नागरिक उड्डयन कार्यालय, चन्द्रगढी नागरिक उड्डयन कार्यालय, पोखरा नागरिक उड्डयन कार्यालय, विराटनगर नागरिक उड्डयन कार्यालय र  नेपालगञ्ज नागरिक उड्डयन कार्यालय 'घ' वर्गमा छन्।

त्यसैगरी विगतमा पनि काठमाडौं उपत्यकास्थित प्राधिकरण अन्तर्गतका कार्यालयहरू 'ङ' वर्गमा रहेकोमा कुनै परिवर्तन गरिएको छैन।

वर्गीकृत ती विमानस्थलमध्ये 'क', 'ख', 'ग' वर्गमा काम गरेका कर्मचारीहरूले अन्य विमानस्थलभन्दा बढी भत्ता पाउने गर्छन्।

त्यसबाहेक कार्यसम्पादन मूल्यांकनमा समेत बढुवाका लागि ती वर्गमा काम गरेपछि नम्बर समेत कर्मचारीले बढी पाउने गर्छन्।

'घ' र 'ङ' वर्गका विमानस्थलमा काम गरेका कर्मचारीले कम भत्ता र कम अंक समेत पाउने गर्छन्।

कतिपय नयाँ विमानस्थल बनेको तथा कतिपय विमानस्थल अहिले पनि निर्माणाधीन अवस्थामा रहेका कारण सबै विमानस्थललाई समेटेर नयाँ वर्गीकरण गरी नियमावली संशोधन गरिएको हो।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x