०९ साउन २०८३, शनिबार
एमाले विवाद

कार्यदलको बैठक लम्बिएपछि पर धकेलियो एमाले स्थायी कमिटी बैठक

कार्यदलको बैठक लम्बिएपछि पर धकेलियो एमाले स्थायी कमिटी बैठक

पार्टी विवाद मिलाउन गठित कार्यदलको बैठक लम्बिएपछि ४ बजेका लागि बोलाइएको एमाले स्थायी कमिटी बैठक पर धकेलिएको छ । 

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अपरान्ह ४ बजेका लागि बैठक बोलाएका हुन् । 

एमाले सचिव पृथ्वी सुब्बा गुरुङले स्थायी कमिटी बैठक बोलाइए पनि एजेन्डाबारे थाहा नभएको लोकान्तरलाई बताए । 

विवाद समाधानको प्रयास स्वरुप एमाले कार्यदलको बैठक बिहान सवा ९ बजेदेखि सिंहदरबारमा बसिरहेको छ । 

स्थायी कमिटी बैठकमा सहभागी हुन नेताहरू बालुवाटार पुगिसकेका छन् । कार्यदलको बैठक लम्बिएकाले बैठक शुरू हुन नसकेको एक नेताले जानकारी दिए । 

कार्यदलले सहमतिको प्रयास गरिरहेको छ । कार्यदलको बैठक चलिरहेको समयमा कार्यदलका सदस्य एवं उपमहासचिव घनश्याम भुसाल माधव नेपाललाई भेट्न बैठक छाडेर बाहिरिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्