२७ असार २०८३, शनिबार

चीन र रुसबीच मैत्री सन्धिलाई विस्तार गर्ने सहमति, मिलेर अमेरिकी प्रभुत्वको सामना गर्ने (भिडियो)

असार २७, २०७८
चीन र रुसबीच मैत्री सन्धिलाई विस्तार गर्ने सहमति, मिलेर अमेरिकी प्रभुत्वको सामना गर्ने (भिडियो)

चीनका स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री वाङ यी तथा चीनका लागि रुसी राजदस्त आन्द्रे डेनिसोभले दुई देशबीचको सन्धिको बीसौं वार्षिकोत्सवका अवसरमा आइतवार बेइजिङमा टोस्ट गरेका छन् । 

चीन र रुसबीच सन् २००१ मा असल छिमेकी तथा मैत्रीपूर्ण सहकार्य सन्धिमा हस्ताक्षर भएको थियो । त्यसैको उत्सव मनाउनका लागि वाङ र डेनिसोभले बेइजिङस्थित दियाओयुताई स्टेट गेस्टहाउसमा भेटघाट गरेका हुन् । 

गत जुन २८ मा चीनका राष्ट्रपति सी चिनपिङ तथा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आधिकारिक रूपमा उक्त सन्धिलाई विस्तार गर्ने सहमति जनाएका थिए । 

अमेरिकी प्रभुत्वलाई चुनौती दिने उद्देश्यका साथ चीन र रुसबीचको मित्रता झनै प्रगाढ बन्दै गइरहेको टिप्पणी हुने गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्