१९ असार २०८३, शुक्रबार

कार्यदलको बैठक नसकिएपछि एमाले स्थायी कमिटी बैठक स्थगित

कार्यदलको बैठक नसकिएपछि एमाले स्थायी कमिटी बैठक स्थगित

नेकपा एमालेको आइतवार बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ । 

विवाद समाधानका लागि गठित कार्यदलको बैठक बसिरहेकाले स्थायी कमिटी बैठक स्थगित भएको हो । बैठक सोमवारका लागि सारिएको एक नेताले जानकारी दिए । 

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतवार अपरान्ह ४ बजे स्थायी कमिटी बैठक बोलाएका थिए । 

वरिष्ठ नेता माधव नेपाल पक्षले भने बैठकमा सहभागी नहुने जनाएको थियो । 

कार्यदलको बैठक बिहान ९ बजेदेखि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा जारी छ । 

salt training

कमेन्ट गर्नुहोस्