०२ असार २०८३, मंगलबार

बालाजुमा एक महिलासहित विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला

बालाजुमा एक महिलासहित विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला


काठमाडौंको बालाजुसहित विभिन्न जिल्लामा तीन जना  मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौँको बालाजुचोकस्थित सडक छेउमा सोही ठाउँ जनजागृती टोल घर भएकी ३८ वर्षीया कौसिला नेपाली आइतबार मृत अवस्थामा फेला परेकी छन् ।

यसैगरी रुपन्देहीको तिलोत्तमा नगरपालिका-३ सिमानगरस्थित तिनाउ नदीमा बुटवल उपमहानगरपालिका-११ विनापोत बस्ने ६४ वर्षीय निल बहादुर श्रेष्ठक आइतबार मृत अवस्थामा फेला परेका छन् ।
    
मोरङको बुढीगंगा गाउँपालिका-७ घर भई हाल सुन्दरहरैचा नगरपालिका-१ संगीतचोकस्थित हजुरबुबाको घरमा बस्दै आइरहेका १९ वर्षीय रविन रिजाल पनि सुतिराखेको ठाँउमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।    
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।     

salt training

कमेन्ट गर्नुहोस्