१० साउन २०८३, आइतबार
एमाले विवाद

कार्यदल अपडेट– विष्णु पौडेल, घनश्याम भुसाल र रघुजी पन्त बाहिरिए

कार्यदल अपडेट– विष्णु पौडेल, घनश्याम भुसाल र रघुजी पन्त बाहिरिए

पार्टी विवाद मिलाउन गठित नेकपा कार्यदलको बैठक चलिरहेको समयमा कार्यदलका तीनजना सदस्य बैठकबाट बाहिरिएका छन् । अर्थमन्त्री समेत रहेका उपमहासचिव विष्णु पौडेल एक कार्यक्रममा सहभागि हुन सिंहदरबारबाट बाहिरिएका हुन् । उनी एकछिनमा फेरि फर्केर आउने कार्यदलका एक सदस्यले जानकारी दिए ।

माधव नेपाल पक्षका कार्यदलका सदस्य घनश्याम भुसाल र रघुजी पन्तपनि बाहिरिएका छन् । भुसाल अपरान्ह पनि एक घण्टा बाहिर निस्केर माधव नेपालसँग छलफल गरेका थिए।
कार्यदलको बैठक बिहान सवा ९ बजेदेखि सिंहदरबार स्थित अर्थ मन्त्रालयमा जारी छ । बैठकमा कार्यदलका संयोजक सुवास नेम्वाङ, भीम रावल लगायत सहभागि छन् ।

कार्यदल बैठक जारी रहेको भन्दै आइतबारका लागि बोलाइएको एमाले स्थायी कमिटी बैठक भोलि सम्मका लागि स्थगित गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्