०५ साउन २०८३, मंगलबार
१० बुँदे सहमति

सर्वोच्चमा विचाराधीन हस्ताक्षरबारे एमाले कार्यदलको ६ नम्बर बुँदा – ‘विधिसम्मत र संस्थागत निर्णय अनुरुप अगाडि बढ्ने’

सर्वोच्चमा विचाराधीन हस्ताक्षरबारे एमाले कार्यदलको ६ नम्बर बुँदा – ‘विधिसम्मत र संस्थागत निर्णय अनुरुप अगाडि बढ्ने’

नेकपा एमालेले पार्टीभित्रको लामो विवाद अन्त्य गर्दै १० बुँदे सहमति गरेको छ । अर्थ मन्त्रालय सिंहदरबार आइतवार बसेको कार्यदलको १३ घण्टा लामो बैठकले १० बुँदे निर्णय गरेको हो ।

लामो गृहकार्यपछि कार्यदल सहमतिमा पुगेको एमाले उपाध्यक्ष एवं कार्यदलका एकजना संयोजक भीम रावलले जानकारी दिए । कार्यदलका सबै सदस्य उभिएर सचिव प्रदीप ज्ञवालीले १० बुँदे सहमति पत्र बाचन गरेका थिए ।

कार्यदलले गरेको १० बुँदे सहमतिको छैठौं नम्बरमा सर्वोच्चमा विचाराधीन मुद्दाबारे उल्लेख छ । ‘प्रतिनिधि सभाको विघटन सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र सरकारका सम्बन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णय अनुरुप हामी अगाडि बढ्ने छौं’ सहमतिमा भनिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ता एमालेभित्र पेचिलो विवाद बनेको थियो । यो सहमति बारे नेताहरुले प्रष्ट कुरा राखेका छैनन् ।

‘सर्वोच्चको हस्ताक्षर बारे यहाँहरूले सहमति पत्र पढ्नु होला’ पत्रकारको प्रश्नमा रावलले भने । यो सहमति संगै भोलिका लागि तय भएको स्थायी कमिटी बैठकमा सहभागि हुने रावलले बताए ।

salt training

कमेन्ट गर्नुहोस्