१४ असार २०८३, आइतबार

एमाले केन्द्रीय समिति सदस्य संख्या बढाउने कार्यदलमा सहमति

एमाले केन्द्रीय समिति सदस्य संख्या बढाउने कार्यदलमा सहमति

नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य संख्या बढ्ने भएको छ । एमालेको विवाद समाधानबारे कार्यदलमा भएको १० बुँदे सहमतिको पाँचौ नम्बरको बुँदामा यसबारे उल्लेख गरिएको छ ।
सो बुँदामा पार्टीमा महत्त्वपूर्ण योगदान दिएका नेताहरुलाई कुल सदस्य संख्याको १० प्रतिशत नबढ्ने गरी उक्त कमिटीमा मनोनित गरिने उल्लेख गरिएको छ ।

‘पार्टीमा महत्वपूर्ण योगदान गर्नुभएका कमरेडहरुलाई मौजुदा केन्द्रीय कमिटीको कुल सदस्य संख्याको १० प्रतिशतमा नबढ्ने गरी उक्त कमिटीमा मनोनित गरिनेछ’ सो बुँदामा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्