युरोकपको फाइनलमा इटलीले बराबरी गोल गरेको छ । इङ्ल्यान्डविरुद्ध उसले ६७ औँ मिनेटमा बराबरी गोल फर्काएको हो ।
लियोनार्दो बुनुचीले इटलीबाट बराबरी गोल फर्काएका हुन् । यसअघि लुक शाले इङल्यान्डलाई खेलको दोस्रो मिनेटमै अग्रता दिलाएका थिए । खेल निकै प्रतिस्पर्धात्मक बन्दै जारी छ ।