२५ असार २०८३, बिहीबार

अरुण जलविद्युत् आयोजना : सम्भाव्यता अध्ययन गर्न समझदारी

अरुण जलविद्युत् आयोजना :  सम्भाव्यता अध्ययन गर्न समझदारी

प्रदेश १ को संखुवासभा र भोजपुर जिल्लाको सीमा नदीमा निर्माण हुने प्रस्तावित ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको सर्वेक्षण अनुमति जारी गर्ने प्रयोजनका लागि नेपाल सरकार, लगानी बोर्डको कार्यालय र भारत सरकार स्वामित्वको सतलज जलविद्युत् निगम (एसजेभीएन) बीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर  भएको छ । 

समझदारीपत्रमा लगानी बोर्डको तर्फबाट बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र विकासकर्ता कम्पनीको तर्फबाट एसजेभीएन लिमिटेड इण्डियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक नन्दलाल शर्माले आइतवार हस्ताक्षर गरेका हुन्। 

पानी संकलन गरी केही घण्टा पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने नदीप्रवाही (पिकिंग रन अफ दी रिभर) यस परियोजनाको अनुमानित लागत सन् २०१७ को विनिमयदर अनुसार एक अर्ब ३० करोड अमेरिकी डलर रहेको छ । तीन वर्षअघि लगानी लगानी सम्मेलनमा तल्लो अरुण परियोजनाका लागि लगानीकर्ता खोज्न केपी शर्मा ओली अध्यक्षताको लगानी बोर्डको बैठकले अनुमति दिएको थियो । 

९०० मेगावाटको अरुण तेश्रो पनि भारतीय कम्पनी एसजेभीएन लिमिटेड इण्डियाले नै विकास गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्