×

NMB BANK
NIC ASIA

राजपा कब्जा गर्न होडबाजी

असार २८, २०७८

NTC
Premier Steels

‘राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल’ नाम कब्जा गर्न जनता समाजवादी पार्टीको महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच होडबाजी चलेको छ। तत्कालीन राजपा र समाजवादी पार्टी मिलेर जनता समाजवादी (जसपा) बनेको हो। तत्कालीन अवस्थामा राजपाको नेतृत्व ठाकुरलगायत नेता र समाजवादीको नेतृत्व यादवले गरेका थिए।  

Muktinath Bank

अहिले निर्वाचन आयोगमा राजपा, नेपाल नामक पार्टी दर्ता गरी कब्जा गर्न जसपाका ठाकुर र यादव दुवै पक्षबाट निवेदन परेको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले राजपा नेपाल नामक पार्टी दर्ता गर्न दुईवटा छुट्टाछुट्टै निवेदन दर्ता भएको बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रवक्ता श्रेष्ठका अनुसार शुक्रबार हरिनारायण यादव अध्यक्ष रहेको राजपा, नेपाल दर्ता गर्न आयोगमा निवेदन परेको थियो। त्यसको तेस्रो दिन आइतबार अजय झा अध्यक्ष रहेको राजपा, नेपाल दर्ता गर्न आयोगमा निवेदन दर्ता भएको जानकारी उनले दिए।


Advertisment
Nabil box
Kumari

‘हामीले पार्टी दर्ताका लागि निवेदन लिएका मात्र हाैं’, प्रवक्ता श्रेष्ठले भने, ‘निवेदन लिँदा पार्टीको नाम भिडाउने गरिँदैन।’ निवेदनमा छानबिन गरी विधिवत रूपमा पार्टी दर्ता गर्ने बेला भने नाम भिडाउने व्यवस्था कानुनमा रहेको उनले बताए।

Vianet communication

पार्टी दर्ताका लागि एउटै नाममा पनि फरकफरक व्यक्तिले निवेदन दिन सक्ने बताउँदै श्रेष्ठले भने, ‘दल दर्ताको प्रमाणपत्र दिँदा भने सबै प्रक्रिया पूरा गर्छौं।’ दुई पार्टी एकीकरण भएपछि एक एक वर्षसम्म पुरानो दलको नाम आयोगमा दर्ता गर्न नमिल्ने कानुनी व्यवस्था छ। त्यसैले राजपा, नेपाल एक वर्षसम्म कसैले दर्ता गरेनन्।  नागरिक दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x