०४ असार २०८३, बिहीबार

यूनियन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, तपाईंले दिनुभयो ?

यूनियन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, तपाईंले दिनुभयो ?

यूनियन लाइफ इन्स्योरेन्सले असार २४ गतेदेखि सर्वसाधारणमा निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असार २८ गते) अन्तिम दिन हो।

कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो।

इन्स्योरेन्सले निष्काशन गरेको कुल ६४ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुका लागि सुरक्षित गरेको छ।

सर्वसाधारणले बाँकी ५८ लाख ५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर मार्फत आवेदन दिन सक्नेछन्।

बिक्री प्रबन्धक प्रभु क्यापिटलले दिएको जानकारी अनुसार शुक्रबार साँझ ५ बजेसम्ममा ११ लाख ७० हजार ९१२ जना आवेदकबाट १ करोड ९६ लाख १ हजार ९३० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्।

salt training

कमेन्ट गर्नुहोस्