१३ असार २०८३, शनिबार

जानेबेला प्रचण्ड सरकारले राष्ट्रघात ग-यो :नयाँ शक्ति

कात्तिक २०, २०७४
जानेबेला प्रचण्ड सरकारले राष्ट्रघात ग-यो :नयाँ शक्ति

काठमाडौं, २५ जेठ
–नयाँ शक्ति नेपालले १२ सय मेगावाटको जलासययुक्त बूढीगण्डकी आयोजना निर्माणको जिम्मा चिनीयाँ कम्पनी सीजीजीसीलाई दिइएकोप्रति आपत्ति प्रकट गरेको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा स्वदेशी लगानी निर्माणका लागि रकम संकलन गरिएको सन्दर्भमा उक्त आयोजना चिनियाँ कम्पनीलाई दिनु गलत भएको ठहर उक्त दलले गरेको छ ।

‘एउटा बदनाम कम्पनीलाई राष्ट्रिय गौरवको आयोजना सुम्पिनु गलत छ,’ बिहीवार पत्रकार सम्मेलन गरी नयाँ शक्तिल भनेको छ ।

सरकारले यही जेठ २१ गते बूढीगण्डकी आयोजनाको अघि बढाउने सम्बन्धमा सीजीजीसीसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो ।

‘सरोकारवालसंग निर्णय नगरी हतार –हतारमा निर्णय गर्नुमा सही नियत छैन,’ पत्रकार सम्मेलनमा प्रवक्ता खिमलाल देवकोटाले भने, ‘दालमा केही कालो छ भन्ने पुष्टि भएको छ ।’

उनले गेजुवाको कार्यक्षमता र विश्वसनियतामा प्रश्न रहेको र विश्वास गर्न आधार नदेखिएको टिप्पणी गरे ।

माथिल्लो सान्जेनले कालो सूचीमा पारेको उक्त कम्पनीलाई निर्माणको जिम्मा दिदा १२ सय मेगावाट बनाउन दिएमा होल्ड हुने सम्भावना रहेको उक्त दलको ठहर छ ।

salt training

कमेन्ट गर्नुहोस्